आन्दोलनरत रूबी खान नेतृत्वको टोलीसँग वार्ता गर्न गृहले बनायो समिति

२०८१ जेष्ठ ३२, शुक्रबार १५:२९

काठमाडौंको:माइतीघरमा आन्दोलनरत रुबी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयले ३ सदस्यीय समिति गठन गरेको छ।

बिज्ञापन

गृह मन्त्रालयले शुक्रबार खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको हो।

बिज्ञापन

समितिमा उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक निरन्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने छन्।

खानसँग टेलिफोनमा कुराकानी गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वार्ता समिति गठन गरेका हुन्।

बिज्ञापन
२०८१ जेष्ठ ३२, शुक्रबार १५:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना