काठमाडौँ :
बिज्ञापन
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिनाभित्र आवश्यक कानूनी प्रवन्ध मिलाउने बताएको छ।
बिज्ञापन
आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुराको जानकारी दिएका हुन्।औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि नीति बनाउनु पर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि एक महिनाभित्र एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्ने बताए। उनले कानूनी प्रवन्ध हुनासाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि शुरु गर्ने बताए।
औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि हामीले नीति बनाउनुपर्ने हुन्छ। गृह मन्त्रालयले एक महिनाभित्र एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्नेछ‚ निर्देशिका तयार गर्नेछ‚’ उपप्रधानमन्त्री लामिछानेले भने, ‘त्यो निर्देशिकाले गाँजाको औषधिजन्य प्रयोगका लागि अनुसन्धान गर्न ल्याब खडा गर्न, अरु प्रयोजनका लागि निश्चित एरियाभित्र शुरुवात गर्नेछ। एक महिनाभित्र हामी यो गर्नेछौँ उनले भने।
बिज्ञापन
उपप्रधानमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि पनि देशभर आवश्यकअनुसार कमान्ड सेन्टर स्थापना गरी काम शुरु गरिएको पनि बताए।
प्रतिक्रिया दिनुहोस्