फार्मेसीबाट लागु औषध बिक्री गरेको आरोपमा ४ जना पक्राउ

२०८१ असार २, आईतवार १६:५९

काठमाडौं ।

बिज्ञापन

२ असार,औषधि पसलबाट लागु औषध बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

पक्राउ पर्नेहरुमा गोरखाको पालुङटार नगरपालिका–४ घर भएका २५ वर्षीया बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय ध्रुव कटवाल छन् ।

उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये बिनिता फार्मेसी सञ्चालक रहेको प्रहरीले जनाएको छ ।उनको नाममा दर्ता भई गोंगबुस्थित मित्रनगरमा सञ्चालनमा रहेको कविता फार्मेसीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

बिज्ञापन

 

२०८१ असार २, आईतवार १६:५९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना