काठमाडौं ।
बिज्ञापन
नेपालकै पहिलो केबलकार सेवा मनकामना केबलकार करिब डेढ महिना बन्द हुने भएको छ ।
बिज्ञापन
केबलकारको डिजिटल प्रणाली स्तरोन्नति तथा मुख्य केबल तार बदल्ने कार्यका लागि असार ३१ गतेदेखि करिब ५० दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाए।
सोहि क्रममा कन्ट्रोल सिस्टम, ड्राइभ सिस्टम तथा मुख्य केबुल नै परिवर्तन गरिने बताइए ।
बिज्ञापन
गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना-४ स्थित चेरेसमा रहेको छ ।
मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो । प्रालिले २०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको थियो ।
मनकामना केबुलकारले सुरुआती वर्षमा २-३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने कम्पनीको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्