सिद्धार्थ बैंकले ल्यायो मोबाइल बैंकिङमार्फत पेमेन्ट गर्दा क्वाइनको सुविधा

२०८१ असार ६, बिहीबार ०१:५१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकहरूमा पहिलो पटक नयाँ अभ्यास सुरु गरेको छ । बैंकको एपमार्फत पेमेन्ट गर्दा क्वाइन फिर्ता पाइने सेवा ल्याएको छ । बैंकले केन्द्रीय कार्यालयमा बुधबार कार्यक्रम आयोजना गरी यो सुविधा सुरु भएको जानकारी दिएको हो ।

बिज्ञापन

बैंकका डेपूटी सीईओ सुरेशराज महर्जनका अनुसार १०० रुपैयाँको भुक्तानी गर्दा एउटा क्वाइन प्राप्त हुनेछ । यसरी प्राप्त भएको क्वाइन विभिन्न होटेल तथा रेष्टुरामा भुक्तानीका लागि प्रयोग गर्न सकिने महर्जनको भनाइ छ ।

बिज्ञापन

यो सुविधा बैंकका ग्राहकहरूले मात्र पाउनेछन् । यदि, बैंकको ग्राहक भएर मोबाइल बैंकिङ प्रयोग गरेको अवस्थामा ग्राहकले यो सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले युवालाई केन्द्रमा राखेर डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुन्दरप्रसाद कडेलले बताए । ग्राहकको चाहना अनुसारका सुविधाहरू बैंकले थप्दै गएको पनि उनको भनाइ छ

बिज्ञापन
२०८१ असार ६, बिहीबार ०१:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना