भोली रास्वपा स्थापनाको २ वर्ष, पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना

२०८१ असार ६, बिहीबार ११:२२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको २ वर्ष भोली पुग्दैछ । २०७९ असार ७ गते पार्टीका रुपमा घोषणा भएको रास्वपाले शुक्रबार स्थापनाको २ वर्ष पार्टी कार्यालय बनस्थलीमा विशेष कार्यक्रम गरि मनाउँदैछ ।

बिज्ञापन

पार्टी स्थापनाको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दैछ । त्यसको तयारी अहिले तीब्र रुपमा भइरहेको छ । केन्द्रिय Rat बिभाग,केन्द्रिय Rat नेपालले त्यसको आवश्यक तयारीको काम गरिरहेको Rat नेपालका केन्द्रिय सदस्य सोम तामाङले जानकारी दिनुभयो ।

बिज्ञापन

स्थापना दिवसको अवसरमा आयोजित चियापानमा विभिन्न राजनीतिक दलका नेता, प्रशासक, विज्ञ सहित शुभचिन्तकहरुलाई निमन्त्रणा गरिएको छ ।

राष्ट्रिय सभागृहमा निक्कै तामझामका साथ शुरु भएको पार्टीले गत वर्ष पनि चियापान कार्यक्रम आयोजना गरेको थियो । असार ७ मा  स्थापना भएको रास्वपाले २०७९ को मंसिरमा सम्पन्न निर्वाचनमा चौंथो शक्तिका रुपमा संसद प्रवेश गरेको हो ।

बिज्ञापन

फोटोहरु।

 

२०८१ असार ६, बिहीबार ११:२२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना