पार्टी स्थापना दिवसमा रास्वपाको चियापान, प्रधानमन्त्रीसहित अन्य राजनीति दलका नेताहरु उपस्थित (तस्बिरहरू)

२०८१ असार ७, शुक्रबार १५:१८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको दोस्रो वर्षगाँठका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय च:मतिमा चियापान गरेको छ।

बिज्ञापन

चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख  देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।

बिज्ञापन

चियापानमा सबै क्रियाशील राजनीतिक दल, संघीय सांसद, सुरक्षा अंगका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगहरूलाई आमन्त्रण गरेको पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी सचेतक निशा डाँगीले जानकारी दिइन्।

चियापानका अवसरमा रास्वपाले उद्यमशीलता प्रवर्द्धन गर्ने ध्येयले प्रदर्शनी स्टल पनि राखेको थियो । प्रधानमन्त्रीसहित मन्त्रीहरूले ती प्रदर्शनी स्थलको अवलोकन गरेका थिए।

बिज्ञापन

रास्वपा २०७९ असार ७ गते गठन भएको थियो। निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको हो।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर २, ६, ७, ८, चितवनको क्षेत्र नम्बर १ र २ जितेको रास्वपाले समानुपातिकमा १४ सिटसहित २० स्थान ल्याएर चौथो शक्तिको रूपमा उभिएको हो।

साथै २०८० वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर एक समेत जितेको थियो।

 

२०८१ असार ७, शुक्रबार १५:१८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना