देशभरिका जमिन राष्ट्रियकरण गर्नुपर्छ,वामदेव गौतम

२०८१ असार ९, आईतवार १४:४०

काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन्।

बिज्ञापन

आइतवारको राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेका हुन्। उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म देशले विकास गर्न नसक्ने बताए। उनले अमेरिका, चीन, रुसलगायत देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको दावी गरे।

बिज्ञापन

‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ। जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन‚’ उनले भने‚ ‘अमेरिकालगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ‚ त्यहाँ व्यक्तिगत छैन। अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ।

उनले भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार भएकाले उत्पादनका लागि लिजमा दिने र सबै भूमि राष्ट्रियकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

बिज्ञापन

‘रुसमा पनि त्यो लागू भएको छ। चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन। भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार हो‚’ उनले भने‚ ‘मुख्य उत्पादनको साधन हो। त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौँ, देश समृद्ध हुन सक्दैन।’

 

२०८१ असार ९, आईतवार १४:४० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना