चिनियाँ उपविदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउँदै

२०८१ असार १०, सोमबार ०२:०३

काठमाडौँ । जनवादी चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज, नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् साथै प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित हुनेभएका छन् । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गर्ने मन्त्रालयले बताएका छ ।

बिज्ञापन

सोहिक्रमम चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने मन्त्रालयले जनाएका छन् ।

बिज्ञापन
२०८१ असार १०, सोमबार ०२:०३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना