तपस्वी रामबहादुर बम्जन दोषी ठहर, १७ गते सजाय तोकिने

२०८१ असार ११, मंगलवार ०१:१५

काठमाडौं ।

बिज्ञापन

११असार,बालयौन दुर्व्यवहार मुद्दामा तपस्वी रामबहादुर बम्जन दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई  दोषी ठहर गरेको हो।

बिज्ञापन

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको छ भने सजाय निर्धारणका लागि १७ गतेको पेसी तोकेको छ।

बम्जनविरुद्ध आफ्ना अनुयायीहरुलाई बेपत्ता बनाएको तथा बाल यौन दुरुचारको आरोप थियो। बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

बिज्ञापन

सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरे पनि बम्जन लामो समयसम्म फरार थिए।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले उनलाई २०८० पुस २३ गते काठमाडौंबाट पक्राउ गरेको थियो। अदालतको आदेशमा बम्जन गत पुस २६ गते पूर्पक्षका लागि कारागार चलान भएका थिए।

२०८१ असार ११, मंगलवार ०१:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना