नुवाकोटको इतिहासकै सिम्रिका रिजाल बने ४ जिपिए ल्याउने विद्यार्थी

२०८१ असार १४, शुक्रबार १५:४८

काठमाडौं ।

बिज्ञापन

नुवाकोट बिदुर नगर पालिकाका – माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा एक विद्यार्थीले सर्वोत्कृष्ट अङ्क ल्याएन सफल भएकी छिन् । विदुर नगरपालिका २ बट्टारमा रहेको सुभेनियर बोर्डिङ्गकी सिम्रिका रिजालले सर्वोत्कृष्ट अङ्क ४ जिपिए ल्याई नेपालकै उत्कृष्ट बनेको विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले फोन मार्फत समष्टि नेपाल मिडियालाई जानकारी दिए।

बिज्ञापन

नुवाकोट जिल्लाकै इतिहासमा पहिलोपटक ४ जिपिए ल्याएर उत्कृष्ट स्थान हासिल गरेको जनाएको छ । उनले प्राप्त गरेको नतिजासँगै सिंगो नुवाकोट जिल्लाको नाम रहन सफल भएको बताए । उनको यो सफलताप्रति उनका परिवार, विद्यालय मात्रै होइन नुवाकोटबासीले नै खुशी साथै शुभकामना व्यक्त गरेका छन् ।

उनको नतिजा विद्यालयले सार्वजनिक गरेसँगै सामाजिक सञ्जालबाट बधाईको ओइरो लागेको छ ।

बिज्ञापन

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा देशभरबाट जम्मा १८६ जनाले ४ जीपीए ल्याएका छन् ।परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

२०८१ असार १४, शुक्रबार १५:४८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना