नक्कली सुनको मुर्ति देखाएर ३० लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ

२०८१ असार १७, सोमबार १३:२८

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ विष्ट गाउँ घर भइ खहरेमा सोफा पसल गर्ने निदेश गौतमलाई नक्कली सुनको मुर्ति देखाएर ३० लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

पक्राउ पर्नेमा भारतको उडिशा घर भइ हाल कमलपोखरी बस्ने कलाकार दास, म्याग्दीको रघुगंगा घर भई धोबीघाट बस्ने क्षेत्रबहादुर शाही, धादिङ निलकण्ठ घर भइ हाल डल्लु बस्ने दीपक थापा, दाङ घर भइ लाजिम्वाट बस्ने बसन्त चौधरी र काठमाडौं चौमतीका रविन महर्जन रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

उनीहरूको साथबाट नगद १४ लाख र एक थान नक्कली सुनको मुर्ति समेत बरामत भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन
२०८१ असार १७, सोमबार १३:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना