एकीकृत समाजवादी महाधिवेशन, ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा

२०८१ असार २१, शुक्रबार ०९:२८

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ

बिज्ञापन

प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशन हलमा उक्त नयाँ कमिटी घोषणा गरिएको हो । त्यसअघि सचिवालय बैठक बसेको थियो ।

बिज्ञापन

एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ । यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन् ।

नेताहरूबिच सहमति जुट्न नसक्दा बाँकी १८ पदाधिकारी चयन हुन सकेको छैन । नेता राजेन्द्र पाण्डेले नवनिर्वाचित केन्द्रीय समितिको शनिबार बसेर बाँकी काम टुंग्याउने र चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउने बताए । अपुरो केन्द्रीय समिति र वाचन गरिएका केही नामहरूप्रति केही प्रतिनिधिहरूले असहमति जनाउँदै होहल्ला गरेका छन् ।

बिज्ञापन
२०८१ असार २१, शुक्रबार ०९:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना