काभ्रेको अरनिको राजमार्ग पहिरोलेअवरूद्ध

२०८१ असार २५, मंगलवार ०४:०४

काठमाडौं : भारी वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्ग अवरूद्ध भएको छ।

बिज्ञापन

काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको हो।

बिज्ञापन

सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए।

पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको छ ।

बिज्ञापन

गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएको बताएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ।

२०८१ असार २५, मंगलवार ०४:०४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना