फाइल फोटो
बिज्ञापन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
बिज्ञापन
बुधबार साँझ देउवा निवास बुढानीलकण्ठमा उनीहरूबिच भेटवार्ता भएको हो । कांग्रेस र एमालेबिच नयाँ सत्ता समीकरण गर्ने सहमति भएसँगै भावी रणनीति तय गर्न अध्यक्ष ओली र देउवाबिच करिब दुई घण्टा कुराकानी भएको बताइएको छ ।
दुई नेताको भेटमा अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद्को गठन, सरकारमा सहभागी हुन चाहने अन्य राजनीतिक दललाई सहभागी गराउने लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्