काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को असार ३१ गते हुने साधारण सभा एवम् निर्वाचन मिति नजिकएसँगै उम्मेदवारहरुले चुनावी प्रचारलाई तीब्रता दिएका छन् । भविश्वर शर्मा नेतृत्वको टिमले आज एक कार्यक्रमको आयोजना गरि उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम आयोजना गरेको छ ।
बिज्ञापन
शर्माको नेतृत्वमा उपाध्यक्षमा सहदेव धमला, राजिव पाण्डे, चेतनाथ पुडासैनी, महासचिवमा बद्री तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर र सानुकाजी महर्जन उम्मेदवार रहेका छन् ।
बिज्ञापन
व्यवसायी र घरधनीबीच एकता, सफा, सुन्दर र डिजिट ठमेल निर्माण गर्ने प्रतिवद्धता शर्मा नेतृत्वले गरेको छ । शर्माले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका हुन । अहिलेको कार्यकालमा रहेका अपूरा कामहरुलाई पुरा गर्न व्यवसायी र घरधनीको साझा टिम निर्माण गरेर चुनावी अभियानमा होमिएको उनले बताए ।
परिषद्को साधारण सभा एवम् निर्वाचन असार ३१ गते ठमेल स्थित होटल एल्फ्टमा हुँदैछ ।
बिज्ञापन
तस्वीर : सुनिता तामङ
प्रतिक्रिया दिनुहोस्