काठमाडौं ।
बिज्ञापन
मोरङ: दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले जितेको छ।
बिज्ञापन
प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको उक्त प्रतियोगिताको विराटनगर–९ गुद्रीमा सम्पन्न फाइनल खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ सेटले पराजित गर्दै विजयी भएको हो।
कोशीले पहिलो, दोस्रो र पाँचौँ सेट आफ्नो पक्षमा पारेको थियो। कोशीले पहिलो सेटमा सुदूरपश्चिमलाई २५–२३, दोस्रो सेटमा २५–१८ र पाँचौँ सेटमा १५–१३ ले पराजित गरेको थियो।
बिज्ञापन
कोशीले उपाधिका साथ नगद ३ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ। उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ।
तेस्रो स्थान प्राप्त मधेश प्रदेशले ७५ हजार रुपैयाँ नगद र चौथो हुने बागमती प्रदेशले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी कोशी प्रदेशकी सुनिता खड्का, डिफेन्स मोनिका श्रेष्ठ र ब्लकर सुनिता राई भए।
उत्कृष्ट सेटर सुदूरपश्चिमकी रेखा ठगुन्ना र सर्भर ऋतिका खडायत भइन्। मधेश प्रदेशकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन्।
सामाजिक विकासमन्त्री पाँचकर्ण राई र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले विजेता एवं उपविजेतालाई ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस्