राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले)प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय

२०८१ श्रावण ६, आईतवार ००:५१

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

बिज्ञापन

राप्रपा निर्देशन समितिको शनिबार बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी गराए।

बिज्ञापन

संविधान संशोधनको अजेन्डा सहित नेपाली कांग्रेस र नेकपा (एमाले) ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भए पनि त्यसपछिका गतिविधिहरू विश्लेषण गर्दा विश्वासको मतको विपक्षमा मत दिनुपर्ने निश्कर्षमा पुगेको श्रेष्ठले बताए।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले यसअघि नै ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।

बिज्ञापन

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। उनी असार ३० गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए। यस उपधारा अनुसार, दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

एमालेसँगै जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल र जनमत पार्टीले विश्वासको मत दिने भएका छन्। यस विषयमा निर्णय गर्न कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ।

२०८१ श्रावण ६, आईतवार ००:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना