उपसभामुख प्रकरणमा रास्वपाको धारणा सार्वजनिक

२०८१ श्रावण ६, आईतवार १६:४२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्र सम्बन्धी विवाद कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास हुन सक्ने दाबी गरेको छ।

बिज्ञापन

उपसभामुख मगरले पाँच जना नेपालीलाई भिसा मिलाउन अमेरिकी दूतावासलाई लेखेको पत्र सम्बन्धी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पार्टीको धारणा सार्वजनिक गरेको हो। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद् सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।”

बिज्ञापन

उपसभामुख मगरले भिसाका लागि पत्र लेख्दा कुनै आर्थिक लेनदेन भएको तथ्य र प्रमाण नभेटिएको विज्ञप्तिमा उल्लेख छ। अन्य दलका नेताहरूले समेत भिसाका लागि लिखित र मौखिक आग्रह गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ। आफ्नो पार्टीको छवि धूमिल पार्ने दूषित मनसायबाट रास्वपामा माथि गलत प्रहार भइरहेको समेत जिकिर गरिएको छ।

‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) मा सहभागी हुन जाने क्रममा उपसभामुख मगरले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङलाई लैजाने खोजेकी थिइन्। यद्यपि दूतावासले उनीहरूलाई भिसा दिएन।

बिज्ञापन

२०८१ श्रावण ६, आईतवार १६:४२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना