यस् वर्ष कति थपियो सार्वजनिक ऋण

२०८१ श्रावण ८, मंगलवार ०८:०३

काठमाडौं: नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ। जसमध्ये गत वर्ष मात्रै एक खर्ब ३४ अर्ब रूपैयाँ थपिएको छ।

बिज्ञापन

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष तीन खर्ब ५८ अर्ब रूपैयाँ ऋण उठाइएको थियो। तर, गत वर्ष नै दुई खर्ब २३ अर्ब रूपैयाँ ऋण भुक्तानी गरिएको छ।

बिज्ञापन

गत वर्ष बढेको ऋण समेत गर्दा कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालको सार्वजनिक ऋण ४२.६५ प्रतिशत  पुगेको छ। गत वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब चार अर्ब रूपैयाँ बराबरको थियो।

नेपालको सार्वजनिक ऋणमध्ये ११ खर्ब ८० अर्ब रूपैयाँ आन्तरिक ऋण पुगेको छ। त्यस्तै, १२ खर्ब ५२ अर्ब रूपैयाँ बाह्य ऋण पुगेको छ।गत आर्थिक वर्षमा आन्तरिक ऋण दुई खर्ब ३४ अर्ब प्राप्ति भएको थियो।

बिज्ञापन

यही आर्थिक वर्षमा एक खर्ब ८२ अर्ब रूपैयाँ बराबरको विगतमा उठाएको आन्तरिक ऋणको सावाँ भुक्तानी गरिएको छ।

त्यस्तै, गत वर्ष वैदेशिक ऋण भने एक खर्ब २३ अर्ब रूपैयाँ मात्रै प्राप्ति भएको छ। यो समयमा ४० अर्ब रूपैयाँ वैदेशिक ऋणको सावाँ भुक्तानी भएको छ।

२०८१ श्रावण ८, मंगलवार ०८:०३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना