बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

२०८१ श्रावण ९, बुधबार ००:००

काठमाडौं: नेपाली कांग्रेस संसदीय दल नेता बहादुरसिंह लामा तामाङ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

बिज्ञापन

मंगलबार अपराह्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

बिज्ञापन

प्रदेश प्रमुख कार्यालयका सचिव गोविन्दप्रसाद पौडेलले प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा तामाङलाई नियुक्त गरिएको बताए।

नेकपा (एमाले) को समर्थनमा कांग्रेसका लामा मुख्यमन्त्री बनेका हुन्। बागमतीमा मुख्यमन्त्रीसहित कांग्रेसले ७ र एमालेले ६ मन्त्रालय लिने सहमति भएको छ।

बिज्ञापन

बागमतीमा कांग्रेसले पहिलो पटक सरकारको नेतृत्व लिएको छ।

२०८१ श्रावण ९, बुधबार ००:०० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना