काठमाडौं: बुधबार बिहान सौर्य एयरको सीआरजे ७०० ९ एन-एएमई जहाज मर्मतपछि गरिने पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाँदै थियो ।
बिज्ञापन
तर त्रिभुवन विमानस्थलबाट उडेको २० सेकेण्डपछि बिहान ११ बजेर ११ मिनेटमा जहाज ढलपल–ढलपल गर्न थाल्यो । हेर्दाहेर्दै दाहिनेतर्फ मोडियो र भुइँमा बजारिन पुग्यो ।
बिज्ञापन
दुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते छन् ।
जहाजबाट पहिले धुवाँ आएको र त्यसपछि आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जहाज आगलागी हुँदा पड्किएको ठूलो आवाज पनि आएको थियो ।
प्रतिक्रिया दिनुहोस्