काठमाडौंमा दशैंको रौनक,खुशी छन् ,सबै नेपाली (फोटाहरु)

२०८० कार्तिक ७, मंगलवार १२:०९

काठमाडौं,

बिज्ञापन

कार्तिक ७ नेपालीहरु महान चाड विजया दशमीको उल्लासमा रमाइरहेका थिए ।कोही टीका ग्रहणपछि घरमै खानपिन गरेर रमाइरहेका छन् भने कोही अहिले पनि आफन्तजनकोमा टीका थाप्ने र आशिर्वाद ग्रहण गर्न जाने क्रम जारी छ । उनीहरु आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा चहलपहल पनि बढ्दै गएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटमा टीका थाप्ने उत्तम साइत तोकिदिएको थियो । यद्यपि आज दिनभरी नै टीका थाप्न सकिने समितिका सदस्य देवमणि भट्टराई बताउँछन् ।

बिज्ञापन

आफ्नो परम्परा र सँस्कृतिअनुसार नेपालीहरुले दशैंमा रातो र सेतो टीका लगाउने गरेका छन् । कसैले आज टीकाको मुख्य दिन मात्र र कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने गरेका छन् ।

हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको प्रसादको रुपमा टीका, जमरा (जौको अंकुरण) लाई समृद्धिको प्रतीकको रुपमा लगाउने चलन छ । टीका र जमरा लगाइदिएर यश, ऐश्वर्य वृद्धि एवं दीर्घायुको आशिर्वाद दिने गरिन्छ ।

बिज्ञापन
२०८० कार्तिक ७, मंगलवार १२:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना