आज,सौर्यको जहाज दुर्घटनामा बाबुआमा र सानो बालकले गुमाए ज्यान

२०८१ श्रावण ९, बुधबार १६:२३

काठमाडौं ।

बिज्ञापन

मर्मतका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् ।

बिज्ञापन

ज्यान गुमाउनेमा बाबुआमासहित नाबालक छोरा पनि रहेका छन् । यो दु्र्घटनामा सौर्य एयरलाइन्समा प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माले ज्यान गुमाएका हुन् ।

प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर थिइन् । उनी नेकपा एकीकृत समाजवादीको प्रचार विभाग सचिव एवम् पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

बिज्ञापन

मनुराजले जहाज मर्मतका लागि पोखरा उड्ने भएपछि श्रीमती प्रिजालाई कार्यालयबाट बोलाएका थिए । त्यसैगरी विद्यालय गएका छोरालाई पनि ल्याएर उनले सँगै पोखरा लाँदै थिए ।

२०८१ श्रावण ९, बुधबार १६:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना