बिहीबार रामेछापको फर्पुमा पहिरोमा परी ३ जनाको मृत्यु

२०८१ श्रावण ११, शुक्रबार ०१:०५

काठमाडौं:  रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

बिज्ञापन

बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

राति नै स्थानीय र प्रहरीले पन्छाएर शवहरु बाहिर निकालेका थिए । तर सदरमुकामसम्म पुग्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध भएकाले शवलाई पोष्टमार्टम गर्न मन्थलीसम्म पुर्‍याउन नसकिएको इन्सपेक्टर न्यौपानेले बताए ।

स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
२०८१ श्रावण ११, शुक्रबार ०१:०५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना