कसैलाई फसाउन र जोगाउन प्रहरीको दुरुपयोग हुनेछैन : गृहमन्त्री लेखक

२०८१ श्रावण १७, बिहीबार ०२:०६

काठमाडौँ: प्रहरी प्रशासनमा कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

बिज्ञापन

प्रहरीको आन्तरिक जीवनमा हुने अनुसन्धानलाई पनि प्रक्रियाका रूपमा लिन उनले सांसदहरूलाई आग्रह गरेका छन् ।

बिज्ञापन

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार मन्त्री लेखकले प्रहरी प्रशासनमाथि हस्तक्षेप गरेर कसैलाई जोगाउने वा कसैलाई फसाउनका निम्ति दुरुपयोग नगरिने स्पष्ट पारे ।

प्रहरी संगठनको, प्रशासनको, सरकारका कुनै पनि अंग दुरुपयोग हुने छैन, दुरुपयोग हुन दिइने छैन, लेखकले भने, कसैलाई जोगाउन, कसैलाई फसाउन नियतबस कुनै पनि रूपले प्रहरी प्रशासनलाई दुरुपयोग गरिने छैन उनले भने।

बिज्ञापन
२०८१ श्रावण १७, बिहीबार ०२:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना