राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्नो नेता सांसदहरुलाई निजी सवारी साधनको साटोमा सार्वजनिक यातायात ५ दिन प्रयोग गर्न सुझाव

२०८१ श्रावण २१, सोमबार ०३:५२

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न सुझाएको छ ।

बिज्ञापन

उक्त सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको भन्दै रास्वपाले त्यसअघि सार्वजनिक यातायातमा यात्राको अनुभव लिन केन्द्रीय सदस्य र सांसदहरुलाई निजी सवारी साधनको सट्टा पाँच दिन सार्वजनिक यातायातका साधनमा यात्रा गर्न भनेको हो ।

बिज्ञापन

पार्टीसभापति रवि लामिछानेको प्रस्ताव अनुसार केन्द्रीय सदस्य र सांसदहरूले सार्वजनिक यातायातको वर्तमान अवस्था नजिकबाट बुझ्ने र अनुभव गर्ने प्रक्रिया स्वरूप पाँच दिन आफ्नो निजी सवारी साधनको साटो सार्वजनिक यातायातको प्रयोग गर्ने प्रस्ताव गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

बिज्ञापन
२०८१ श्रावण २१, सोमबार ०३:५२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना