सरकारसग न्युनतम साझा कार्यक्रम ल्याउन सत्तारुढ काङ्ग्रेसकै सांसद जीवन परियार,र अर्जुननरसिंह केसि को माग  

२०८१ श्रावण २१, सोमबार १३:४७

काठमाडौं: नेपाली कांग्रेसका सांसदहरुले वर्तमान सरकारले न्युनतम साझा कार्यक्रम बनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

बिज्ञापन

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अगाडि सञ्चारकर्मीसँग कांग्रेस सांसदले सरकारले न्युनतम साझा कार्यक्रम बनाएर तेस अनुरुप सरकार सञ्चालन गर्नुपर्ने बताएका हुन्।

बिज्ञापन

उनीहरुले दुई वा दुई भन्दा बढी दलहरु सम्मिलित सरकारमा न्युनतम साझा कार्यक्रम आवश्यक हुने भन्दै कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद जीवन परियारले सरकारले न्युनतम साझा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे। उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने विषय मुख्यगरी न्युनतम साझा कार्यक्रममा उल्लेख हुनुपर्ने बताए। त्यसैगरी सरकारले विकास निर्माणको कामलाई तिब्रता दिनुपर्ने पनि उनले बताए।

बिज्ञापन

नेपाली कांग्रेसका अर्का सांसद अर्जुननरसिंह केसीले पनि सरकारको न्युनतम साझा कार्यक्रम कांग्रेस र एमालेका बीचमा भएको सात बुँदे सहमतिको दिग्दर्शनमा आधारित भएर आउनुपर्ने बताए।

उनले जनतामा देखिएको निराशा र असन्तुष्टि अराजकतामा परिणत हुन थालिसकेको भन्दै जनतामा आशा जगाउनुपर्ने बताए। सरकारले सुशासनमा केन्द्रीत भएर न्युनतम साझा कार्यक्रम बनाउनुपर्ने बताए। भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले आर्थिक क्षेत्र सुधार गर्नुपर्नेमा जोड दिए।

२०८१ श्रावण २१, सोमबार १३:४७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना