माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

२०८१ श्रावण २५, शुक्रबार ०४:२१

काठमाडौं : आज, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बस्दैछ।

बिज्ञापन

समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो।

बिज्ञापन

बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

उक्त, बैठकमा जनपरिचालन, संगठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए।

बिज्ञापन
२०८१ श्रावण २५, शुक्रबार ०४:२१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना