आज नागढुङ्गा नाकाबाट ३(तीन) किलाे गाँजा सहित एक जना पुरुष पक्राउ

२०८१ श्रावण २६, शनिबार ११:२०

काठमाडौं:आज नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गा नाकाबाट  एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १६१९ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्दा सोहि ट्रकमा ३ किलाे गाँजा बरामद भएकाे हो ।

बिज्ञापन

प्रहरीले सो परिमाणको लागूऔषध सहित ट्रकमा सवार धादिङ जिल्ला गजुरी गाउपालिकाका ४५ वर्षीय गीताप्रसाद ढुंगानालाई नियन्त्रणमा लिएकाे हो ।

ढुंगानाकाे साथमा रहेको झोलाबाट २ वटा प्लाष्टिकमा पोको पारिएको अवस्थामा ३ किलो २ सय ५० ग्राम गाँजा फेला परेकाे हो।

बिज्ञापन

उनीमाथि प्रहरी वृत्त थानकोटले आवश्यक अनुसन्धान भइरहेको थानकोट बृत्तले जानकारी दिए।

२०८१ श्रावण २६, शनिबार ११:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना