काठमाडौं । राष्ट्रिय मुक्ति आन्दोलन नेपालले साउन ३० गते स्थापना दिवस मनाउने भएको छ । पार्टीले उक्त दिन तोकिएको स्थानमा भेला भई स्थापना दिवसलाई भब्य र सभ्य रुपमा मनाउन आग्रह गरेको छ ।
बिज्ञापन
नख्खु दोबाटो स्थित युनिभर्सल क्याफेमा कार्यक्रम आयोजना गरिएको पार्टीको महासचिव सरोज पाख्रिनले समस्टी नेपाल मिडियालाई जानकारी दिनुभयो।पार्टीका नेता,कार्यकता, शुभेच्छुक शुभचिन्तकहरुलाई उक्त कार्यक्रममा सहभागिताका लागि आह्वान गरिएको छ ।
बिज्ञापन
नेपालबाद, नेपालीतन्त्र, नेपाली राष्ट्रवादको पथमा अघि बढ्ने उद्धेश्य सहित पार्टी स्थापना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्