काठमाडौं: उपत्यकाका केही स्थानमा पनि भारी वर्षा भएर बागमती, विष्णुमतीको जल सतह बढ्दो क्रममा रहेको बाढी सूचना केन्द्रले जानकारी दिएको छ।
बिज्ञापन
पछिल्लो २४ घन्टामा काठमाडौंको बूढानीलकण्ठमा भारी वर्षा भएको छ। विभागका अनुसार बूढानीलकण्ठ केन्द्रमा ९६.८ मिलिमिटर वर्षा भएको छ।
बिज्ञापन
सिन्धुपाल्चोकको गोबरे केन्द्रमा ९३ मिलिमिटर वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा कोशी, मधेस, बागमती, लुम्बनी, सुदूरपश्चिम प्रदेशका केही विभागमा भारी वर्षा भएको छ।
बिज्ञापन
नवलपरासीको दुम्कोली केन्द्रमा १०२.८, बाराको सिमरा विमानस्थलमा १०३.६ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै कैलालीको गर्भ दरबार केन्द्रमा पनि भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ८०.८ मिलिमिटर वर्षा भएको छ।
सर्लाहीको मनुस्मारा केन्द्रमा ७८.६, सोलुखुम्बुको पकर्नास केन्द्रमा ७८, रौतहटको महेशपुर केन्द्रमा ७२.६ मिलिमिटर वर्षा भएको छ।
प्रतिक्रिया दिनुहोस्