आज संसद बैठक वस्दै सङ्क्रमणकालिन विधेयक परित गर्ने योजना

२०८१ श्रावण ३०, बुधबार ०३:५९

काठमाडौं: आज फेरि प्रतिनिधि सभाको बैठक बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

बिज्ञापन

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

बिज्ञापन

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पनि मन्त्री चौरसियाले प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बिज्ञापन
२०८१ श्रावण ३०, बुधबार ०३:५९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना