पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२०८१ श्रावण ३२, शुक्रबार ००:५३

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही केही  स्थानहरूमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिज्ञापन

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिज्ञापन

राति देशभर साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

बिज्ञापन

२०८१ श्रावण ३२, शुक्रबार ००:५३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना