ट्राफिक प्रहरीको लापरबाहीको हद भयो,रामहरि खतिवडा

२०८१ भाद्र १, शनिबार ०४:३३

फाइल : फोटो

बिज्ञापन

काठमाडौं : भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो।

बिज्ञापन

यतिबेला सामाजिक सञ्जालमा ट्राफिक प्रहरीहरूको चर्को आलोचना भइरहेको छ।

यहि बेला नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक प्रहरीको गल्तीले यो घटना घटेको भन्दै छानबिन गर्न माग गरेका छन्।

बिज्ञापन

उनले भने, ‘ट्राफिक प्रहरीको लापरबाहीको हद भयो, यो ट्राफिकको गल्ती हो, राज्य व्यवस्था सुशासनमा बोलाएर कुरा गर्छु उनले भने।

उनी ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन्।

चौतर्फी यो घटनाको आलोचना भएपछि गृहमन्त्री रमेश लेखकले गम्भीरतापूर्वक छानबिन गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी)लाई निर्देशन दिएका उनको सचिवालयले जनाएको छ

२०८१ भाद्र १, शनिबार ०४:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना