टानकाे महासचिवमा काङ्ग्रेसबाट राम बञ्जराले एकल उम्मेदवारी

२०८१ भाद्र ५, बुधबार ००:५७

काठमाडौं । युवा पर्यटन व्यवसायी राम बञ्जराले टानको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । वर्तमान कार्यसमिति सदस्य रामप्रसाद बञ्जाराले काङ्ग्रेसबाट महासचिवमा एकल उम्मेदवारी दिएका हुन ।

बिज्ञापन

काङ्ग्रेसले एमाले समर्थित ब्यवसायी राजेन्द्र सापकोटालाई अध्यक्ष दिएर महासचिवमा राजेन्द्र सुवेदीलाई उम्मेदवार बनाएपछि उनले एकाल उम्मेदवारी दिएका हुन ।

बिज्ञापन

भदौं १७ मा हुने निर्वाचन मिति नजिकिएसँगै उनले व्यवसायीहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । टानका साधारण सदस्यदेखि पूर्वअध्यक्ष एवम् अग्रज पर्यटन व्यवसायीहरुसँग भेटघाट गर्दै आइरहेका छन ।

टानले व्यवसायीहरुको हकहित संरक्षण, सेवा सुविधा प्रदान र नेपाल सरकारसँग सहकार्य गरि नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्नुपर्नेमा विगत केही वर्षयता टानको भूमिका परिर्वतन भएको उनको बुझाई छ । अहिले टान राजनीति सिक्नेहरुको थलो बन्दै गएको त्यसका लागि लाखौं, करोडौं खर्च गरेर अध्यक्ष लगायतका अन्य पदमा उम्मेदवारी दिने गरेकाले संघले उद्धेश्य अनुसार काम गर्न नसकेको उनले बताए । टानलाई राजनीतिबाट मुक्त गर्दै विशुद्ध व्यवसायीक हकहितमा काम गर्ने र नेपालको पर्यटनको गुणस्तर वृद्धिका लागि काम गर्न चाहेको भन्दै उनले महासचिवमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

बिज्ञापन

२८ बर्षिय बञ्जारालाई युवा एवम अग्रज व्यवसायीहरुको समेत साथ छ । एमाले–कांग्रेस गठबन्धनका व्यवसायीहरु कम्मरकसेर उनलाइ ब्याक गराउन लागेका छन तर उनी कुनै पनि हालतमा ब्याक नहुनेमा छन ।

युवा मात्र नभइ धेरै अग्रज व्यवसायीहरुले समेत आफुलाई महासचिवमा जान सुझाव आइरहेकाले उम्मेदवारी कायमै राख्न सुझाव दिएकाले आफुले मैदान नछाड्ने अडानमा छन् ।

२०८१ भाद्र ५, बुधबार ००:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना