मन्त्री पाण्डेको निर्देशन पर्यटन सम्बन्धि अड्किएको फाइलहरु २४ घण्टा भित्र छिनोफोनो गर्नुहोस्

२०८१ भाद्र ६, बिहीबार ००:१०

काठमाडौं: संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उक्त निर्देशन दिएका हुन् ।

बिज्ञापन

मन्त्री पाण्डेले भने, ‘मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला ।’

बिज्ञापन

असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला ।’

‘असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छाैं ? गर्न सक्ने कार्यक्रमहरु के के हुन् ? गर्न नसक्ने काम के के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु’, मन्त्री पाण्डेले भने ।

बिज्ञापन
२०८१ भाद्र ६, बिहीबार ००:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना