काठमाडौँ : नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले नेपाल आयल निगम लिमिटेडका कर्मचारीहरुकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको आरोप लगाएकी छन्।
बिज्ञापन
आइतवार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद अग्रहरीले भारतबाट पेट्रोल र डिजेल पाइपलाइनबाट ल्याउने व्यवस्था गरिए पनि चुहावट गर्न पुनः ट्याङ्करबाट ल्याउन थालिएको भन्दै यसमा कर्मचारीहरुकै मिलेमतो रहेको आरोप लगाएकी हुन्।
बिज्ञापन
उनले चुहावट रोक्न पाइपलाइनको व्यवस्था गरे पनि निगमका कर्मचारीहरुले चुहावट गर्नका लागि ट्यांकरमा मगाउन थालेको सूचना पाएको भन्दै यसलाई तुरुन्त रोक्न माग गरिन्। उनले ट्यांकरबाट पेट्रोलियम पदार्थ ल्याउने भए अर्बौं खर्च गरेर किन पाइपलाइन बनाइयो भनेर प्रश्नसमेत गरिन्।
‘एक महिना पनि पाइपबाट पेट्रोल र डिजेल नआएर फेरि ट्यांकरबाट आउन थालेको सूचना आयो। पाइपलाइनबाट पेट्रोल र डिजेल नआएको अवस्था छ, फेरि कर्मचारीहरु ट्यांकरबाटै मगाइरहेका छन्‚’ उनले भनिन्‚ ‘चुहावटकै कारण पाइपलाइनको व्यवस्था गरिएको थियो। आयल निगमका कर्मचारी नै भन्थे बाटोभरि चुहावट हुन्छ। पाइपलाइन हुँदाहुँदै फेरि ट्यांकरबाट ल्याउनुको अर्थ निगमका कर्मचारीहरुकै मिलेमतोमा चुहावट भएको थियो।
प्रतिक्रिया दिनुहोस्