आज कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस आजको दिनभरको मौसम पुर्वनुमान

२०८१ भाद्र १०, सोमबार ०१:३३

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

बिज्ञापन

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  सबै प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

बिज्ञापन

कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिज्ञापन

सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि भनिएको छ ।

२०८१ भाद्र १०, सोमबार ०१:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना