काठमाडौं : नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुने भएका छन् ।
बिज्ञापन
सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो । उक्त्त निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो ।
बिज्ञापन
मंगलबार बिहानदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम हुने छ । भने दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।
आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष पनि चयन हुनेछन् । यसैगरी ८४ सदस्यीय पोलिटब्युरो पनि निर्वाचनबाट चयन गरिने छ ।
बिज्ञापन
एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटब्युरो चयन गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्