काठमाडौं: दावा लामा तामाङले आसन्न टानको निर्वाचनमा सागर पाण्डे समूहबाट प्रथम उपाध्यक्षका उम्मेदवार हुन । ट्राभल टाइम्स ट्रेक्सका प्रबन्ध निर्देशक लामा विगत २० वर्षदेखि पर्वतीय पर्यटनका क्रियाशिल छन् ।
बिज्ञापन
बिज्ञापन
उनले टानको प्रथम उपाध्यक्षमा गएर नेपालको पवर्तीय पर्यटनको विकासमा चाहेको भन्दै सहयोगका लागि सबै ट्रेकिङ व्यवसायीहरुसँग आग्रह गरेका छन् । उनी यसअघि चन्द्र रिजालको कार्यकालमा कार्यसमिति सदस्यको रुपमा काम गरिसकेका छन् ।
बिज्ञापन
टानलाई प्रणालीमा संचालन गर्ने र ग्रेट हिमालयन ट्रेललाई रि–ब्रान्डिङ र रि–प्रमोशन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । सडक कमर्गले नछोएको २५ सय किलोमिटरको यो ट्रेलको प्रमोशन गर्न सके त्यसले नेपालको पदयात्रा पर्यटनलाई नयाँ उचाईमा पुर्याउने र त्यसले समग्र व्यवसायी, मजदूर र राज्यलाई नै हित हुने उनको दाबी छ ।
यसका साथै स्थानीय, प्रदेश र संघ सरकारसँग सहकार्य गर्दै अन्य पदयात्राहरुको संरक्षण र प्रवद्र्धनमा काम गर्ने योजना बनाएको बताउनुभयो । पाण्डे समूहको टिम अनुभवी टिम रहेको भन्दै व्यवसायी र मजदूरको हितमा हुने गरि कोष स्थानमा गरि काम गर्ने योजना बनाएको भन्दै मतदान गरि यो पटक काम गर्ने अवसर दिन सबैसँग आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्