प्रधानमन्त्रीको विरोध गरेको भन्दै पक्राउ गरेका युवाहरुलाई बिना कसुर चार दिन हिरासतमा राखेपछि धरौटीमा रिहा

२०८१ भाद्र १४, शुक्रबार १४:४५

काठमाडौं : गएको सोमबार (भदौ १० गते) टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी गरेपछि पक्राउ परेका तीन युवालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा रिहाई छ।

बिज्ञापन

उनिहरुलाइ सार्वजनिक शान्तिविरूद्धको कसुर गरेको भन्दै पक्राउ गरेका थिए । सोही युवाहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार प्रत्येकलाई ९/९ हजार धरौटीमा छाडेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगेलले समष्टिनेपाल मिडियालाई जानकारी दिए।

बिज्ञापन

सोही युवाहरूले टुँडिखेलमा मनाउदै गरेको गौरा पर्वमेलामा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गरेपछि मंगलबार सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई र बुधबार दीपकसिं‌ह ठगुन्नालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

बिज्ञापन
२०८१ भाद्र १४, शुक्रबार १४:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना