काठमाडौं । आज देशभर नै वर्षा भइरहेको छ । गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ । केही स्थानमा वर्षाले खतराको संकेतसमेत गरेको छ ।
बिज्ञापन
नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जाल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा अत्यधिक वर्षाले खतराको संकेत गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिज्ञापन
ती क्षेत्रका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै एसएमएसमार्फत् सूचना पठाइएको छ ।
निरन्तर पानी परिरहँदा माटो कमलो हुने भएकाले पहिरो र कटानको जोखिम हुने हुँदा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्