काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि स्वास्थ्य बीमाको सुविधा दिनुपर्ने बताएका छन्।
बिज्ञापन
एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा मात्र सीमित स्वास्थ्य बीमा सुविधालाई निजी अस्पतालहरूमा पनि लागू गर्ने योजना रहेको समस्टी नेपाल मिडियालाइ जानकारी दिए।
बिज्ञापन
साथै, बीमा बोर्डलाई शक्तिशाली बनाउने आवश्यकता औंल्याउँदै, निजी अस्पतालहरूले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था पारदर्शी बनाउनु पर्नेमा उनले जोड दिए। मन्त्रीले दिनदिनै विपन्न नागरिकको उपचारको विवरण सार्वजनिक गर्न पनि निजी अस्पतालहरूलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्