रौतहट: बारामा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको बारा प्रहरी बताएका छन् ।
बिज्ञापन
सोही घाइतेलाई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ । मृतक रौतहट बौधिमाई नपा ईनरवारी निवासी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्