काठमाडौं : संसदीय सुनुवाइ समितिले आज सुनुवाइका लागि प्रस्तावित राजदूतलाई बोलाएको छ।
बिज्ञापन
बिहान ११ बजे बस्ने बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई, बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गर्न लागेको हो।
बिज्ञापन
चारै जनाको सुनुवाइ सकेर आजै प्रस्तावित १७ जना राजदूतको बारेमा निर्णय लिइने समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन्।
पटक पटक गरेर समितिले १७ मध्ये १३ राजदूतको सुनुवाइ सकेको छ। गत भदौं १९ गते रुस, दक्षिण कोरिया, साउदी अरब र दक्षिण अफ्रिकाका प्रस्तावित राजदूतको सुनुवाइ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्