काठमाडौं : देशकै पहिलो यात्रुबाहक मनकामना केबुलकारको सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नतिको कार्य सम्पन्न भएसँगै मनकामना केबलकार आगामी असोज १ मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ।
बिज्ञापन
सिस्टम अपग्रेड तथा स्तरोन्नति लगायतका कार्यका लागि गत असार ३१ गते बन्द गरिएको केबलकार सेवा असोज १ गतेबाट पुनः सुचारु हुने मनकामना दर्शन प्रालिले जनाएको छ।
बिज्ञापन
एनालग अपरेटिङ सिस्टमबाट संचालन गर्दै आएको मनकामना केबलकार डिजिटल डि कनेक्ट सिस्टममा अपग्रेड भएको कम्पनीले जनाएको छ।
मनकामना केबलकारको प्रयोग गरि दैनिक दशाैं हजार स्वदेशी तथा विदेशी नागरिकहरू गोरखास्थित मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्