लागूऔषध बिक्रीको आरोपमा ढाकाकुमार श्रेष्ठ पक्राउ

२०८१ भाद्र २७, बिहीबार १६:१७

फाइल: फोटो

बिज्ञापन

काठमाडौं : लागूऔषध बिक्री गरेको आरोपमा ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

बिज्ञापन

लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले जानकारी दिए ।

३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो ।

बिज्ञापन

उनले उक्त औषधि पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

२०८१ भाद्र २७, बिहीबार १६:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना