असोज ३ गतेदेखि धरहरा खुला गरिँदै

२०८१ भाद्र २८, शुक्रबार १४:५२

काठमाडौं : भूकम्पपछि नवनिर्माण गरिएको धरहरा असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

बिज्ञापन

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा नजिकै आधुनिक, सुविधायुक्त र बलियो अर्को संरचना बनाइएको छ ।

अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ ।

बिज्ञापन

बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ ।

यसमा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै सामग्री प्रयोग भएको छैन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमै २०७८ बैशाख ११ गते धरहराको उद्घाटन गरेपनि निर्माण कार्य सम्पन्न नहुँदा अहिलेसम्म संचालनमा आएको  थिएन ।

२०८१ भाद्र २८, शुक्रबार १४:५२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना