बारा । बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर २ स्थित कवहीगोठमा पशुपंक्षी हाट बजार संचालनमा ल्याइने भएको छ । स्थानीयहरुको सहजताका लागि उक्त बजार असोज एक गतेदेखि संचालनमा ल्याउन लागिएको हो ।
बिज्ञापन
बारा जिल्लाको सबैभन्दा परिमार्जित तथा व्यवस्थित हाट बजार संचालन गर्न लागिएको हो । बजारमा ब्यापारीहरुलाई सम्पुर्ण सुबिधा रहेको छ । बेचबिखनका लागि ल्याइएको पशु चौपायाहरु लाई व्यवस्थापन राम्रो संग गर्ने भएको छ । साथै बिक्री गरिने पशु चौपायाको भेटनरी तथा करेन्टइन गर्ने व्यवस्था समेत रहेको छ । उक्त बजार संचालनमा ल्याउने भएपछि स्थानीयहरु पनि खुसी देखिन्छ ।
बिज्ञापन
सोही बजारमा रहेको चौपायालाई बजार व्यवस्थापनले घाँस पानी दिने व्यवस्था मिलाएको छ ।
साथै बिक्री नभएको चौपाया तथा पशुपंक्षी दुक्कसंग व्यापारीले छोडेर जान मिल्ने व्यवस्था मिलाएको जानकारी बजार व्यवस्थापन समितिको संचालक कुमार मास्के ले समष्टि नेपाल मिडियालाई जानकारी दिए ।
बिज्ञापन
सोहि हाट बजारलाई स्थानीय सरकार बाट बजार संचालनका लागि अनुमती दिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्